Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा अस्पतालमा रेबिज खोपको अभाव

गोरखा अस्पतालमा रेबिज खोपको अभाव

images
गोरखा अस्पतालमा रेबिज खोपको अभाव
images

गोरखा । गोरखा अस्पतालमा रेबिज खोपको अभाव भएको छ । प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रबाट खोप नआएपछि अभाव भएको हो ।

अस्पतालमा मात्र नभएर समग्र जिल्लामा नै रेबिज खोपको अभाव भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट सिद्धार्थ खनालले बताए ।

‘अस्पतालमा पर्याप्त मात्रामा रेबिज खोप नभएपछि स्वास्थ्य कार्यालयमा बुझेका थियौँ तर त्यहाँको अवस्था पनि उस्तै रहेछ’, उनले भने, ‘हालका लागि आँबुखैरेनी अस्पतालसँग समन्वय गरेर खोप ल्याएका छौँ ।’

प्रदेशबाट पनि केही दिनमा खोप प्राप्त हुने उनले बताए । आपूर्ति केन्द्रको खोपहरु ल्याव परिक्षणका लागि पठाइएकाले रेबिज खोपको अभाव भएको उनले जानकारी दिए ।

अस्पतालमा दैनिक जसो रेबिज बिरुद्धको खोप लगाउन आउने गर्छन् ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १०:१३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology