चितवन, माघ ३ । भरतपुर महानगरपालिका–४ अध्यचोकमा बलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधवार दिउँसो २ः२० बजेको समयमा विशालचोकबाट धर्मचोकतर्फ जाँदै गरेको ना ५ च ९४८ नम्बरको बलेरो र आनन्दचोकबाट बाह्रघरेतर्फ जाँदै गरेको ना ४९ प २९३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गोर्खा शहिद लखन गाउँपालिका–३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधवार दिउँसो ३ः२१ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बलेरो र बलेरो चालक भरतपुर–२६ दिव्यनगर बस्ने वर्ष ३४ को गणेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।