Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा घाइते अवस्थामा भेटिएका एक वृद्धको उपचारका क्रममा मृत्यु

गोरखामा घाइते अवस्थामा भेटिएका एक वृद्धको उपचारका क्रममा मृत्यु

images
गोरखामा घाइते अवस्थामा भेटिएका एक वृद्धको उपचारका क्रममा मृत्यु
images

गोरखा । टाउको र खुट्टामा चोट लागेर घाइते अवस्थामा भेटिएका गोरखा नगरपालिका–६ काँडेझ्याङका ८५ वर्षीय तोपबहादुर पाठकको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको छ ।

बिहीबार घर नजिकैको बारीमा पाठक घाँटी, टाउको र खुट्टामा चोट लागेको अवस्थामा फेला परेका थिए । प्रहरीले उनको उद्धार गरी उपचारका लागि गोरखा अस्पताल पुर्‍याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट धारिलो हतियार, खुकुरी र ऊनको टोपी फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १५:०१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology