Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा ८५ वर्षको बृद्धको खुकुरी प्रहार गरी हत्या

गोरखामा ८५ वर्षको बृद्धको खुकुरी प्रहार गरी हत्या

images
गोरखामा ८५ वर्षको बृद्धको खुकुरी प्रहार गरी हत्या
images

गोरखा । गोरखामा ८५ वर्षका बृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।

गोरखा नगरपालिका वडा नं ६ काँडेझ्याङ्ग बस्ने तोप बहादुर पाठकको बिहीबार हत्या भएको हो । ‘उनी आज बिहान साढे नौँ बजेतिर घाँटी, टाउको र खुट्टामा धारिलो हतियारको जस्तो देखिने गहिरो चोट लागेको अवस्थामा बारीको पाटोमा फेला परेका थिए’, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले भने, ‘घटना लगतै उनलाई उद्धार गरी उपचारका लागी गोरखा अस्पताल ल्याइएकोमा उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको छ ।’

घटनास्थलबाट धारिलो खुकुरी र पाठकको टोपी बरामद भएको उनले जानकारी दिए ।

घटनामा संलग्न व्यक्ति हालसम्म पत्ता नलागेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १६:२४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology