Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ महोत्सवमा शान्तिश्री परियारको प्रस्तुतिमा झुमे दर्शक

तनहुँ महोत्सवमा शान्तिश्री परियारको प्रस्तुतिमा झुमे दर्शक

images
तनहुँ महोत्सवमा शान्तिश्री परियारको प्रस्तुतिमा झुमे दर्शक
images

दमौली, माघ ३ गते । तनहुँको सदरमुकाम दमौलीमा जारी ‘नवौ तनहुँ महोत्सवमा’मा गायिका शान्तिश्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् ।

महोत्सवमा मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिश्रीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन र आफू पनि नाचिन् । शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।

भरिभराउ दर्शकका माझ शान्तिश्रीको ‘लाउन दाजै पिरती...’ माली गाईलाई बाधेको दाम्ला, मेरो माया छोडेर कहा जाम्ला ।’ गीतमा दर्शक रोमान्टिक बने । ‘रुकुमकोट हान माया चौका दाउ हुकुमको..’ ले भने दर्शक झुमे । ‘कम्मरैमा पटकी कसेर, मुसुमुसु हासेकी बसेर...रुकुमै कोट...आखा नि राम्रै हो ।’ गीत गाउनुभयो । गोर्खे खुकुरी कम्मरमा, मन जित्यो मायाले पहिलो नम्बरमा...’ भाखासँग शान्तिश्रीसँगै दर्शकले समेत गीत आएका थिए ।

यस्तै शान्तिश्रीले आफ्नो चर्चित गीत ‘अडेरी काडैले मलाई च्वास्सै, च्वास्सै’ बोलको गीतले दर्शकलाई नचाउनुभयो । ‘गलबन्दी च्यातियो तिम्ले तानेर ’ बोलको चर्चित गीत गाएर गायिका शान्तिश्रीले प्रस्तुतिको बिट मार्नु भएको थियो ।

शान्तिश्रीको झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । उहाँको सबै गीतमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिएका थिए । बिहीबार शान्तिश्रीसँगै वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको समेत प्रस्तुति रहेको थियो ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १९:०४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology