Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको भानुमा उन्नत बोका प्रदर्शनी सुरु

तनहुँको भानुमा उन्नत बोका प्रदर्शनी सुरु

images
तनहुँको भानुमा उन्नत बोका प्रदर्शनी सुरु
images

तनहुँ, माघ ४ गते । तनहुँमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी सुरु भएको छ । भानु ५ को स्याउली पसलमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा शुक्रबार प्रदर्शनी सुरु गरिएको हो ।

‘पोषिलो आहार , बाख्रा पालनमा गुणस्तर सुधार’ भन्ने नाराका साथ प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा प्रतियोगिता राखिएको छ ।

भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घको संयुक्त आयोजनामा गरिएको हो ।

प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जाततर्फ १० हजार, उन्नत जाततर्फ १० हजार र द्वितीय हुनेलाई ८ । ८ हजार, तृतीय हुनेलाई ६ । ६ हजार र सान्त्वना हुनेलाई ४ । ४ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताउनुभयो ।

स्थानीय तथा उन्नत बोका प्रदर्शनी हुन लागेको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य विकास शाखाका अमित ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोका प्रदर्शनी , बाख्राको उत्पादन परिकार प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी, मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - २२:३९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology