Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट

चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट

images
चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट
images

गोरखा, माघ ५ गते । गोरखा हुँदै चीन जोड्ने सडक अन्तर्गत बेनीघाट – आरुघाट – लार्के सडक खण्ड कालोपत्रेका लागि ६० करोड बजेट स्रोत सुनिस्चित भएको छ । आर्खेतदेखि हाबाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएपछि अबको केही दिनमा ठेक्का निकाल्ने काम अघि बढाएर वैशाखसम्म सम्झौता हुने उहाँले बताउनुभयो । उक्त सडक खण्डको लागि यो वर्ष नेपाल सरकारले जम्मा ७ करोड बजेट विनियोजन भएकोमा चुमनुब्री गाउँपालिका अध्यक्ष र जिल्लाको जनप्रतिनिधि कम बजेट विनियोजन गरेको भन्दै बजेट थप गरिदिन भन्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । 

भर्खरै मात्र अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न ६० करोड बजेट स्रोत सुनिश्चित गरेको हो । स्रोत सुनिश्चित भयसँगै यो वर्ष आर्खेतदेखि हाबाडाँडासम्मको सडक कालोपत्रे हुने भएको छ । बेनीघाटदेखि लार्केसम्मको कुल १ सय ५४ किलोमिटरमध्ये ९७ किलोमिटर सडक खण्डमा चारपाङ्ग्रे गाडी गुड्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । 

अहिले उक्त सडक खण्डलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । पाङसिङभीर, न्याक फेदी, रुबीनाला र पेबाभीरमा ब्लाष्टिङको काम भइरहेको छ । 

गोरखादेखि चीन जोड्ने सडकले सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत् र पर्यटन धार्मिक स्थलको विकासको लागि महत्त्वपूर्ण योगदान पुग्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १६:५३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology