Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आरुघाट गाउँपालिकाद्वारा निःशुल्क लोकसेवाको तयारी कक्ष

आरुघाट गाउँपालिकाद्वारा निःशुल्क लोकसेवाको तयारी कक्ष

images
आरुघाट गाउँपालिकाद्वारा निःशुल्क लोकसेवाको तयारी कक्ष
images

गोरखा, माघ ५ गते । गोरखाको आरुघाट गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले पालिकाभित्र योग्यता पुगेका युवायुवतीलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क लोकसेवाको अनलाइन तथा भौतिक तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र स्थायी रुपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका इच्छुक युवा युवतीलाई यही माघ १५ गतेभित्र पालिकाको कार्यालयमा पुगेर वा पालिकाको इमेल ठेगानामा आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रम बनाएर लोकसेवा आयोगको अनलाइन कक्षा सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको प्रमुख प्रशासककीय अधिकृत श्रेष्ठको भनाइ छ ।

लोकसेवा आयोगमा तयारी कक्षामा सहभागी हुन कम्तीमा एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनुपर्ने छ भने पुरुषको हकमा ३५ वर्ष र महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेकाले लोकसेवाको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

यसैगरी, महिला, दलित आदिवासी जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्ग भएका व्यक्ति, लौङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, आर्थिक रुपले विपन्न खसआर्य, शहीद बेपत्ता र द्वन्द्व पीडितले लोकसेवाको परीक्षामा दरखास्त फाराम भरी परीक्षाको तयारीमा रहेका व्यक्तिहरुलाई तयारी कक्षामा विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १७:०५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology