Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बेंसीसहरका सडकमा गुणस्तर नाप्ने मेसिन

बेंसीसहरका सडकमा गुणस्तर नाप्ने मेसिन

images
बेंसीसहरका सडकमा गुणस्तर नाप्ने मेसिन
images

लमजुङ । बेंसीसहर नगरपालिकाले सडकलगायत विकास निर्माणको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ ।

विकास निर्माणमा हुने कच्च पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ढलान तथा कालोपत्र गरिएका सडक स्टिमेट अनुसार भए/नभएको र गुणस्तर मापन गर्न कोर कटिङ परीक्षण सुरु गरिएको बताए । ‘निर्माण सकिएका आयोजनाको भुक्तानी दिने क्रममा हामीले मेसिन प्रयोग गरेर स्टिमेट अनुसार भए/नभएको जाँच गर्न थालेका छौं । यसो गर्दा निर्माण कम्पनी, व्यवसायी र उपभोक्ता समितिले कच्चा पदार्थ प्रयोगमा तलमाथि गर्न पाउँदैन,’ उनले भने ।

 
नगरपालिका उपप्रमुख पदमा गुरुङले बेंसीसहर नगरपालिका–३, ८, १० लगायत वडामा निर्माण सकिएको सडकको कोर कटिङ मेसिनबाट परीक्षण कार्य गरिएको बताइन् । ‘योजनाको काम सकिएपछि हामीले अनुगमन गर्ने गरेका छौं । अनुगनको क्रममा इन्जिनियरहरूले मेसिनको प्रयोग गरेर गुणस्तर नाप्ने गरेका छौं । गुणस्तर कायम नभए गुणस्तर कायम गर्न भनेका छौं,’ उनले भनिन् ।
 

बेंसीसहर नगरपालिकाले कोर कटिङ मेसिन करिब साढे ३ लाख रुपैयाँ खर्च गरेर कोर कटिङ मेसिन ल्याएको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले कोर कटिङ मेसिन प्रयोग गरेर परीक्षण गर्न थालेपछि सडक निर्माणका कार्यमा स्टिमेट अनुसार काम हुने विश्वास व्यक्त गरे ।

नगरपालिकाका इन्जिनियर प्रकाश पौडेलका अनुसार ढलान तथा कालोपत्र सडकको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण कोर कटिङ मेसिनबाट परीक्षण गर्न सकिने बताए ।

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १९:२०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology