Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गणतन्त्रको प्रणालीलाई अझ जीवन्त बनाउनुपर्ने प्रधानमन्त्री ओलीको टिप्पणी 

गणतन्त्रको प्रणालीलाई अझ जीवन्त बनाउनुपर्ने प्रधानमन्त्री ओलीको टिप्पणी 

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
गणतन्त्रको प्रणालीलाई अझ जीवन्त बनाउनुपर्ने प्रधानमन्त्री ओलीको टिप्पणी 
images

काठमाण्डौ, ७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीलाई अझ जीवन्त बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 
७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेबेला भएकोमा जोड दिनुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास भइरहेको र यसलाई निस्तेज गर्नुपर्नेछ भन्नुभयो । मुलुक नयाँ निर्वाचन तर्फ अग्रसर भएकाले सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । 
ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधिभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि जुट्न सबैमा आव्हान गर्नुभयो । सुशासन र विकासका सपनाहरु साकार पार्ने बेलामा कुनै अलमल गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो । मतभेदलाई बढावा दिने कुनै पनि गतिविधि गर्नु वान्छनीय नभएको चर्चा गर्र्नुहुँदै प्रधानमन्त्री ओलीले बृहत्तर राष्ट्रिय हितका लागि अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । विगत सात दशकसम्म मुलुकको राष्ट्रियता, सामाजिक न्याय तथा समानताका लागि योगदान गर्ने सबैप्रति प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १९:१७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology