Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका

गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका

images
गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका
images

गोरखा । गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन गोरखा नगरपालिका–६ बसपार्कमा गोरखा चिनाउने चित्र बनाउन सुरु गरिएको छ । गोरखा सदरमुकामको बसपार्क नजिक रहेको बिपीचोकसम्मको पर्खालमा गोरखाको इतिहास झल्कने चित्र बनाउने थालेको हो । 

गोरखा नगरपालिकाको केही दिन अगाडि मात्रै गोरखा भ्रमण वर्ष २०२५ को कार्यतालिका सार्वजनिक गर्दै गोरखा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरी पर्यटक आकर्षित गर्न भित्तेचित्र निर्माण गरिएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकरी दिनुभयो । उहाँका अनुसार गोरखा नगरपालिकाको सिमाना आँबुखैरनीदेखि गोरखा सदरमुकामसम्म विभिन्न चोक र भित्तामा गोरखाको पर्यटन प्रवर्धन गर्नेगरी प्राकृतिक, धार्मिक, तथा सांस्कृतिक सम्पदा झल्कने चित्र बनाइने उहाँले बताउनुभयो । 

"अहिले गोरखा नगरपालिकाभित्रका पर्यटकीय गन्त्वयहरु चिनाउन टुरिष्ट गाइडहरु पनि गोरखा नगरपालिकाले राखेको छ", मेयर रानाले भन्नुभयो, “जसले गोरखाको इतिहासको बारेमा सिक्न मन छ, उहाँहरुलाई टुरिष्ट गाइडहरुले समग्र गोरखाको बारेमा विस्तृत रुपमा जानकारी लिन सकिनेछ ।”

नेपालको इतिहास नै गोरखाबाट सुरु हुँदा पनि गोरखाको इतिहासको चर्चा नहुनु दुःखद भएको गोरखा नगरपालिकाले जनाएको छ । जसले बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्यको परिकल्पना गर्ने गोरखाका सपुत पृथ्वीनारायण शाह जन्मेको ठाउँलाई प्रचार प्रसार गर्नका लागि भ्रमण वर्ष २०२५ घोषणा भएको बताइएको छ । 

गोरखामा प्रचारप्रसारको अभावमा आन्तरिक तथा बाह्य पर्यटकहरु गोरखामा भित्रिन नसकेकाले पनि गोरखा नगरपालिकाले बृहत् पर्यटन प्रवर्द्धन कार्यक्रम गर्न लागेको गोरखा नगरपालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - ०८:२४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology