Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रोजगारी अभिवृद्धि गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल 

रोजगारी अभिवृद्धि गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल 

सिआईएन

७, फाल्गुण २०७७
रोजगारी अभिवृद्धि गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल 
images

रुपन्देही, ७ फागुन । रुपन्देही उद्योग संघले जिल्लाको औद्योगिक सम्भावनाको खोजी गर्ने, उद्यमशिलताको विकास गर्ने र रोजगारी अभिवृद्धि गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ । जिल्लाका सबै स्थानीय तहमा अन्तरक्रियाको आयोजना गर्ने अभियान थालेकोसंघले देवदह नगरपालिका सँग अन्तरक्र्रिया गरेको हो । 
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले स्थानीय सरकारको सक्रियताले मात्रै उद्यमशिलताको विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण र रोजगारी अभिबृद्धि हुन सक्ने हुँदा स्थानीय सरकारले औद्योगिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयोे । देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहका सबै खालका उ्रद्योगीहरुको हकहितको संरक्षण गर्दै हातेमालो गरेर अघि बढिरहेको जानकारी गराउनुभयो । उहाले आगामी दिनमा नयाँ खालका र सक्षम उद्योगहरुको विस्तार हुनुपर्नेमा जोड दिनु भएको थियो । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले यस्ता खालका अन्तरक्र्रियाले स्थानीय सरकारलाई औद्योगिक विकासका निम्ति चलायमान बनाउने उल्लेख गर्दै नगरपालिकाले अवलम्वन गरिरहेको नीतिगत विषयहरुबारे जानकारी गराउनु भएको थियो । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १९:२८:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology