Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

परमानन्द संस्कृत गुरुकुलमा आज राती ‘बाबुरामको घन्टी’ देखाइने

परमानन्द संस्कृत गुरुकुलमा आज राती ‘बाबुरामको घन्टी’ देखाइने

images
परमानन्द संस्कृत गुरुकुलमा आज राती ‘बाबुरामको घन्टी’ देखाइने
images

देवघाट, माघ ८। देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुलमा ‘बाबुरामको घन्टी’ मन्चन हुने भएको छ । आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा परमानन्द संस्कृत छात्र कल्याण परिषदको आयोजनामा आज माघ ८ गते राती गुरुकुलमा हुने परमानन्द काव्य–सरिता कार्यक्रममा उक्त नाटक मन्चन गर्न लागिएको हो ।

परमानन्द काब्य सरिताको १६ औं सृङखला अन्तर्गत हुने उक्त कार्यक्रममा साहित्यकार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा विपिन ढकालद्वारा निर्देशित नाटक ‘बाबुरामको घन्टी’ गुरुकुल भवनमा मन्चन गरिन लागिएको परमानन्द संस्कृत छात्र कल्याण परिषदले जनाएको छ ।

सो कार्यक्रममा बरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यता तथा हरिहर सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको संरक्षकत्व रहने जनाईएको छ । गुरुकुलले ‘बाबुरामको घन्टी’ लाई धर्मको आवाज, संस्कृतिको ताज, न्यायको सन्देश तथा सत्यको परिवेश भन्दै मन्चन गर्न लागिएको जनाएको छ ।

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा माघ ६ गतेदेखी गुरुकुलमा पुस्तक लोकार्पण, शास्त्रार्थ सभा, विचार संगोष्ठि, गुरुपुजन, ब्रह्मलिन गुरुको समाधीमा रुद्राभिषेक तथा आरती, ख्यातीप्राप्त कलाकारहरुद्वारा भक्तिसंगित, दाताहरुको सम्मान तथा काव्य सरिता कार्यक्रम आयोजना भईरहेको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १९:००:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology