Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दरौँदी लिफ्टिङ आयोजना गोनपाको खानेपानी बोर्डलाई हस्तान्तरण

दरौँदी लिफ्टिङ आयोजना गोनपाको खानेपानी बोर्डलाई हस्तान्तरण

images
दरौँदी लिफ्टिङ आयोजना गोनपाको खानेपानी बोर्डलाई हस्तान्तरण
images

गोरखा । दरौँदी बृहत लिफ्टिङ खोनपानी आयोजना गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । संघिय खानेपानी आयोजनाले मंगलवार बोर्डलाई हस्तान्तरण गरेको हो । आयोजनाका प्रमुख नरेश रेग्मी र गोरखा नगरपालिकाका मेयर एवं बोर्डका अध्यक्ष कृष्ण रानाले हस्तान्तरण पत्रमा हस्ताक्षर गरेका छन् । अव दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको व्यवस्थापनको सम्पूर्ण पाटो नगरपालिकाको बोर्डले हेर्ने छ ।

‘हामी अव संचालन संयन्त्र तयार गर्छाै,’ मेयर रानाले भने, ‘त्यसले आयोजना संचालन गर्छ ।’ कार्यकारी अधिकृतको संयोजकत्वमा संयन्त्र बन्ने बताउँदै उनले छिट्टै बिज्ञापन खुलाएर कार्यकारी अधिकृत नियुक्त गरिने जानकारी गराए । संयन्त्र नबन्दासम्म संघिय खानेपानी आयोजना र दरौँदी लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आयोजनाको संचालन गर्न भनिएको उनको भनाइ छ ।

‘संयन्त्र नबन्दासम्म उहाँहरुलाई नै हेर्न भनेका छौ, अव छिट्टै संयन्त्र बनाएर बोर्डको कार्यालय खडा गरेर त्यहीबाट आयोजना संचालन गर्छाै,’ उनले भने । उपभोक्तालाई सुलभ मूल्यमा पानी उपभोग गराउनका लागि महशुल निर्धारणको तयारी समेत बोर्डले गरिरहेको बताइएको छ । हालको भन्दा केही महशुल कम हुने बोर्डले जनाएको छ ।

आवश्यकता अनुसार नगरभित्रका खानेपानी आयोजनालाई बोर्डले लिएर संचालन गर्ने बताइएको छ । बोर्डले अपनत्व लिने नगरभित्रका खानेपानी आयोजनाहरु अव बोर्डले निर्माण गर्ने संयन्त्र मार्फत संचालन हुने छन् । यसअघि नगरसभाबाट खानेपानी ऐन पास भइसकेको छ । सोही ऐन अनुसार संयन्त्रले खानेपानी आयोजनाहरु संचालन गर्ने छ । अव नगरभित्रको खानेपानीका समस्या हल हुने बोर्डका अध्यक्ष एवं नगर प्रमुख रानाले अपेक्षा गरेका छन् ।

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १६:५५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology