Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने

images

इच्छाकामना न्युज

१०, माघ २०८१
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने
images

तनहुँ, माघ १० गते । विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका छन् । 

उचित क्षतिपूर्ति दिने सहमति भएपछि मृत्यु भएका देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ वर्षीय सोमबहादुर गुरुङको शव परिवारले बुझेका हुन् ।

गुरुङको मङ्गलबार करेन्ट लागी मृत्यु भएको थियो । बिजुलीको पोलको सर्पोटको लागि टाँगिएको तारमा विद्युत् सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिनुभयो । वडा सदस्य गुरुङका अनुसार करेन्ट लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।  वडा सदस्य गुरुङले उक्त घटना नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच लाख रुपियाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च बापत २५ हजार रुपियाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कन कमिटी गठन गरेर क्षतिपूर्ति प्रदान गरिने बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:३२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology