Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको सदरमुकामको मुख्य क्षेत्रमा ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम

गोरखाको सदरमुकामको मुख्य क्षेत्रमा ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम

images

इच्छाकामना न्युज

१०, माघ २०८१
गोरखाको सदरमुकामको मुख्य क्षेत्रमा ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम
images

गोरखा, माघ १० गते । गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । निकै लामो समयदेखि मुख्य सडकमा ठुला खाल्डो हुँदा पनि मर्मतका लागि सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो । 

गोरखाको सदरमुकामको मुख्य क्षेत्र रहेको गोरखा नगरपालिका–६ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला अस्पताल लगायतका सरकारी कार्यालय हुँदा सबैभन्दा बढी व्यस्त सडकमा खाल्टाखुल्टीका कारण दुर्घटना निम्तिने सम्भावना भएको स्थानीय दीपक श्रेष्ठ बताउनुहुन्छ । 

अहिले गोरखाको एक मात्र सरकारी अस्पताल बिरामीलाई लैजाने मुख्य सडक मर्मतसम्भार नहुँदा एम्बुलेन्सलाई समेत यात्रा गर्न असहज भएको गोरखा अस्पतालका एम्बुलेन्सचालक कमल बसेलले बताउनुभयो । साँघुरो सडक तथा सडक ठुलठुला खाल्डो भएकाले सवारीसाधन चलाउन र पैदलयात्रीलाई बचाउनुपर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुने गरेको उहाँले गुनासो गर्नुभयो । यही सडक भएर गोरखा सदरमुकाम हुँदै भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकामा पुग्ने सवारीसाधन छुट्ने गरेका छन् । सदरमुकामको मुख्य सडकमा लामो समयदेखि खाडल मर्मतसम्भार नहुनु दुःखद भएको घ्याम्पेसाल चोकका स्थानीय बताउँछन् । हरमटारी चोकदेखि घ्याम्पेसाल चोक हुँदै अस्पताल चोकसम्मै खाल्टैखाल्टा भएकाले मोटरसाइकल चलाउनसमेत जोखिम रहेको स्थानीय राजन ढुङ्गानाको भनाइ छ । 

मुख्य चोकमै कम्तीमा खाल्टाखुल्टीका कारण १५ देखि २० मिनेट सवारीसाधन रोकिएर जानुपर्ने बाध्यता छ । गोरखा नगरपालिका–६ का वडाध्यक्ष दिलीपकुमार जोशीले उक्त सडकखण्डलाई कालोपत्रे गर्न गोरखा नगरपालिकासँग छलफल भइरहेको जानकारी दिनुभयो । त्यस्तै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले भने सडकको अवस्था खराब भएकाले पनि गोरखा नगरपालिकाले दीर्घकालीन रूपमा समाधान हुने गरी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । गोरखा नगरपालिकाको मुख्य सडक भएकाले पनि त्यस सडकलाई कालोपत्रे गरी सडकको नालीको व्यवस्थापन गर्ने दाबी प्रमुख रानाले गर्नुभयो ।   

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:३४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology