Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा यही माघ १६ गते महिला म्याराथन प्रतियोगिता हुने

तनहुँमा यही माघ १६ गते महिला म्याराथन प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

१०, माघ २०८१
तनहुँमा यही माघ १६ गते महिला म्याराथन प्रतियोगिता हुने
images

तनहुँ,  माघ १० गते । व्यास नगरपालिकाले खेलकुदमार्फत धार्मिक तथा ऐतिहासिकस्थल जोड्ने प्रयास गरेको छ । धार्मिक पर्यटकीयस्थल व्यास गुफा र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलुकदमार्फत जोड्न महिला आगामी बुधबार हाफ म्याराथन हुन लागेको हो । 

धार्मिकरुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यसहित यही माघ १६ गते हाफ म्याराथन आयोजना हुने नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ८१, द्वितीय हुनेलाई रु ३१ हजार ८१, तृतीयलाई रु २१ हजार ८१ र पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले सान्त्वना पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । 

एक्काइस किलोमिटर दौड व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वन कार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । 

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:४०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology