Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न

images

इच्छाकामना न्युज

११, माघ २०८१
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न
images

अमरराज नहर्की

तनहुँ, माघ ११ गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ । ७६ प्रतिशत काम पूरा भएको सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार कालोपत्रे गर्ने काम तदारुकताका साथ भइरहेको ७१.१ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको छ । चार लेनको ३४–३४ गरी ६८ किलो किलो मिटर, दुई लेनको तीन किलोमिटर गरी ७१ किलोमिटर कालोपत्र भइसकेकाे छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढेको छ ।  कालोपत्र गरिएको ७१ किलोमिटरमध्ये ३५ किलोमिटर सडकमा डबल लेयर (अन्तिम कालोपत्र) सकिएको छ । 

बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटर थप्ने कार्य धमाधम गरिएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ ।

दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । 

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम  ६० प्रतिशत पूरा भएको पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:४२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology