Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

साउनदेखि पुस मसान्तसम्म कुल ६५ हजार ३४६ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरे

साउनदेखि पुस मसान्तसम्म कुल ६५ हजार ३४६ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरे

images

इच्छाकामना न्युज

११, माघ २०८१
साउनदेखि पुस मसान्तसम्म कुल ६५ हजार ३४६ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरे
images

 गोरखा, माघ ११ गते ।  गोरखाको ऐतिहासिक ठाउँ गोरखा सङ्ग्रहालयमा झन्डै ६५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् । 

आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कुल ६५ हजार ३४६ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेको गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो आवको अघिल्लो छ महिनामा सबैभन्दा बढी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन् । सङ्ग्रहालयको अवलोकन गर्न आउने नागरिकको यकिन डाटा निकाल्नका लागि नेपाली, सार्क राष्ट्र र अरू विदेशी नागरिक रहेका उहाँले जानकारी दिनुभयो ।

सङ्ग्रहालयको तथ्याङ्क अनुसार ६५ हजार ३४६ जनामध्ये ३६ हजार ३३३ जना आन्तरिक पर्यटक, २७ हजार ९१८ जना नेपाली विद्यार्थी, सार्क राष्ट्रका ५६ जना र तेस्रो राष्ट्रका विदेशी एक हजार ३९ जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । अवलोकन गर्नेहरू साउन महिनामा ७०५ जना, भदौमा पाँच हजार ५८६ जना, असोजमा चार हजार १३० जना, कात्तिकमा २१ हजार २०१ जना, मङ्सिरमा १५ हजार ४६१ जना र पुसमा १८ हजार १७१ जना रहेका छन् ।  

अघिल्लो वर्षको तुलनामा यो आवको सोही अवधिमा दुई हजार ७०८ जनाभन्दा बढी व्यक्तिले सङ्ग्रहालय अवलोकन गरेका छन् । अघिल्लो वर्ष भने सोही अवधिमा कुल ६२ हजार ७०८ जनाले अवलोकन गरेको सङ्ग्रहालय प्रमुख कार्कीले बताउनुभयो ।  

२०६५ साल जेठ १९ गते गोरखा सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरेलगत्तै यहाँ आउने पर्यटकको  पृथ्वीनारायण शाहको ऐतिहासिक एकीकरण तथा शाह वंशको इतिहास हेर्न भिड लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । 

गोरखा दरबारमा आउने आन्तरिक तथा बाह्य पर्यटकले बढी जसो पृथ्वीनारायण शाहले प्रयोग गर्ने ओछ्यान, बाल्यकाल हुँदा खेल्ने ठाउँ, नेपाल एकीकरण गर्दा प्रयोग भएका हातहतियार, विभिन्न कलाकौशल र तोपलगायतका हातहतियार हेर्ने र जिज्ञासा राख्ने गरेका छन् । गोरखा सङ्ग्रहालयमा पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग भएका पुराना सामग्री देख्न पाइन्छ ।    

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:५४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology