तनहुँ, ११ माघ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी निवर्तमान उपाध्यक्ष अस्मिता खनालले आफुले पाएको त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शुक्लागण्डकी–६ झाँगाझोलीमा पौष २६ गते शुक्रबार सम्पन्न प्रेस सेन्टर नेपाल तनहुँ शाखको पाँचौ अधिवेशनको अवसरमा खनाललाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको थियो । खनाललाई रु.पाँच हजार पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
उक्त अधिवेशनबाट प्रेस सेन्टर तनहुँको अध्यक्षमा खनाल सर्वसम्वत निर्वाचित भएपछि आफुले प्राप्त गरेको पुरस्कार राशी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेललाई पनि रु.पाँच हजारसहित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।