Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम दुई वर्षमा जम्मा ८ प्रतिशत

अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम दुई वर्षमा जम्मा ८ प्रतिशत

images

इच्छाकामना न्युज

१३, माघ २०८१
अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम दुई वर्षमा जम्मा ८ प्रतिशत
images

गोरखा । ठेकेदारले कानमा तेल हालेर बँसिदिँदा अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम दुई वर्षमा जम्मा ८ प्रतिशत मात्र प्रगति भएको छ। १६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको अमर भीबीइपीएल–एसीपीएल जेभी निर्माण कम्पनीले काम अलपत्र छाड्दा कार्यप्रगति नभएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ पोखराले जनाएको छ।

गोरखा नगरपालिका वडा नं. १३ र १४ तथा पालुङटा नगरपालिका ६, ९ र १० का बासिन्दा लाभान्वित हुनेगरी सो सडक कालोपत्रे गर्न लागिएको हो। सो कम्पनीले ३० करोड ६१ लाख लागतमा २०८२ साल चैत १३ गतेभित्र सम्पन्न गर्ने गरी सन् २०२३ मार्च ३१ मा ठेक्का सम्झौता गरेको एकाइका प्रमुख लक्ष्मी भण्डारीले बताए। तर कार्यान्वयनमा ठेकेदारको लापरबाहीले कार्य प्रगतिमा ढिलाइ भएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय एकाइ पोखराले उक्त सडक कालोपत्रे गर्न लागेको हो। सडक कालोपत्रेका लागि अहिलेसम्म काम अघि नबढाएको हो। कार्यालयको पटक–पटकको ताकेता मिल्काउँदै निर्माण कम्पनीले काम अघि नबढाएको उनले जानकारी दिए। ‘हामीले ठेकेदार कम्पनीलाई काम सुरु गर्न भन्दै पटक–पटक पत्र काटिसकेका छौं,’ उनले भने, ‘अहिले बल्ल काम सुरु गर्न लागेको भन्ने जानकारी छ।’

उनका अनुसार ठेकेदारले केही दिनअघि मात्र कामदार ल्याएर काम सुरु गरेको छ। ‘हाल संरचनाको कामअन्तर्गत माटो काट्ने र नाली निर्माणको काम भइरहेको छ’, उनले भने, ‘छिट्टै कालोपत्रेको काम पनि सुरु गर्ला।’ सो सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्षमात्र १२ करोड रुपैयाँ मात्र बिनियोजन भएको बताइएको छ। 

कालोपत्रे हुन लागेको अंबुवादेखि पौवाटारसम्मको करिब १६ किलोमिटर सडक ५.५ मिटर फराकिलो रहने छ। एकाइका इन्जिनियर सतिस सुवेदीका अनुसार सडक डिभिएसटी प्रविधिबाट निर्माण हुँदै छ। एकाइले निर्माण कार्यमा सहजीकरण गरिदिन गोरखा र पालुङटार नगरपालिकालाई आग्रहसमेत गरेको छ। 

images
प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - ०९:१०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology