Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धार्चेको रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न

धार्चेको रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न

images

इच्छाकामना न्युज

१४, माघ २०८१
धार्चेको रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न
images

गोरखा, माघ १४  गते ।  उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

रु एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ । रासस

images
प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:०५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology