Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रचण्ड गलत बाटोमा हिंडेको प्रधानमन्त्रीको आरोप 

प्रचण्ड गलत बाटोमा हिंडेको प्रधानमन्त्रीको आरोप 

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
प्रचण्ड गलत बाटोमा हिंडेको प्रधानमन्त्रीको आरोप 
images

विराटनगर, ८ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई गलत बाटोमा हिडेको आरोप लगाउनुभएको छ । ओली समूहले आज विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको आरोप लगाउनुभयो । 
पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रचण्डको त मलाई माया लाग्छ । उहाँले अझै पनि प्रचण्ड–नेपाल समूहलाई आफुतिर फर्किन आग्रह गर्नुभयो । सरकार विकासको गतिमा दृढ रहेको बताउँदै उहाँले जसले जे भने पनि आफू अगाडी बढ्न नछोड्ने बताउनुभयो ।  
यसैबीच, गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड र नेपाल समूह आतंकित र भयभित भएको बताउनुभएको छ । सोही कार्यक्रममा गृहमन्त्री थापाले प्रचण्ड र नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताउनुभयो । मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाउनुभयो  ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:५०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology