Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मादी नदीको पुल निर्माण तीव्र गतिमा

मादी नदीको पुल निर्माण तीव्र गतिमा

images

इच्छाकामना न्युज

१५, माघ २०८१
मादी नदीको पुल निर्माण तीव्र गतिमा
images

तनहुँ । नेपालमै पहिलो पटक तनहुँमा बन्न लागेको चारलेनको पुल निर्माण धमाधम भइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ६० प्रतिशत सकिएको मुग्लिन–पोखरा सडक योजना पूर्वखण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको आयोजनाले जनाएको छ । उक्त पुलका छ वटा स्पान हुनेछन् । सन् २०२२ अगस्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो ।

पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चारलेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो । निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि साइड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय २५ जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो ।

पुलको डिजाइन परिवर्तन गर्दा ढिलाइ भएकाले केही ढिलो भएको बताउनुभयो । लामगादेले भन्नुभयो, ‘‘काम तदारुकताका साथ भइरहेको छ डिजाइनका क्रममा छ महिना ढिला नभएको भए ८० प्रतिशत काम पूरा भइसक्थ्यो ।’’

आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । सुपरभाइजर चित्रबहादुर कार्कीले तरुकताका साथ काम भइरहेको बताउनुभयो । दैनिक १० घण्टा कामदारहरु खटिएका छन् । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - ०८:१२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology