Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिईने

तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिईने

images

इच्छाकामना न्युज

१५, माघ २०८१
तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिईने
images

तनहुँ । तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिने भएको छ । व्यास नगरपालिकाले एचआईभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, ‘‘एचआईभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरुको क्षमता विकासका लागि भत्ता दिने निर्णय गरेका हौं ।’’ सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले भत्ता पाउनेछन् ।

भत्ता पाएपछि सङ्क्रमित बालबालिकाको दैनिक जीवनयापन सहज हुने विश्वास नगरपालिकाले लिएको छ । एचआईभी सङ्क्रमित बालबालिकाका कतिपयको अभिभावकको मृत्यु भइसकेको हुनाले शिक्षा आर्जन र दैनिक जीवनयापन कठिन हुँदै आएको थियो ।

नगरपालिकाभित्र रहेका यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरी माघ महिनादेखिकै पोषण भत्ता बापतको रकम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - ०८:१४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology