Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ जलविद्युतको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युतको सहयोगमा विद्यालय भवन निर्माण

images

इच्छाकामना न्युज

१५, माघ २०८१
तनहुँ जलविद्युतको सहयोगमा विद्यालय भवन निर्माण
images

तनहुँ, माघ १५ गते । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गरेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण गरिदिएको हो ।

जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा विद्यालयको भवन निर्माणका लागि सहयोग गरिएको तनहुँ जलविद्युत् आयोजनका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार आयोजनाले प्रभावित बासिन्दालाई नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण, सीप मुलक तालिम लगायतका काम गर्दै आएको हो । सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६६ योजनाहरू सम्पन्न भएका छन् । ९ वटा योजनाहरू हाल सञ्चालित छन् ।  

नव निर्मित भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले परिवर्तनको मुख्य आधार शिक्षा भएकोले आयोजनाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सहयोगमा  समेट्नु उपयुक्त भएको बताउनुभयो । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबिच रू एक करोड ३५ लाख ५७ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । 

सम्झौता भएको दुई वर्षमा विद्यालय भवनको निर्माण पूरा भएको आयोजनाले जनाएको छ । नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुगेको प्रधानाध्यापक रामदत्त पौडेल जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले लागु गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको आयोजनाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - २२:२७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology