Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

images

इच्छाकामना न्युज

१५, माघ २०८१
गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने
images

कास्की । गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारको स्थापना दिवस एकै दिन मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइन्थ्यो । यस पटक भने एकै दिन दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

२०७४ माघ २२ गते गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनलाई नै प्रदेशसभाले स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद्को पहिलो बैठकसमेत बसेको थियो ।

त्यस दिनलाई नै प्रदेश सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । स्थापना दिवसको अवसरमा फागुन ४ गते सरकारले प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको थियो । उक्त बिदा पनि यस पटकदेखि कटौती गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पहलमा माघ २२ मा गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश दिवस मनाउनेबारे शनिबार मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले प्रमुख सचिव रघुराम विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेशसभाको परिसरमा मनाइने प्रदेश दिवसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्नेछन् ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - २२:३८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology