Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

images

इच्छाकामना न्युज

१५, माघ २०८१
लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
images

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ५, पाचोक क्षेत्रस्थित कैंची जंगलको कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका अन्दाजी २७ वर्षिय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैंची गाउँको कैंची डाँडाबाट काठदाउरा लिनको लागि चाँदी डाँडा जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर मंगलबार बिहान ८ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ ।

एकजना स्थानीयले चालक नभएको बेला काठ व्यापारी आफैंले चलाएर लगेको ट्याक्टर घुम्तीमा दुर्घटना भएको बताए । जिल्ला प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको बताए ।

उनले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धान पछिमात्रै एकीन विवरण प्राप्त हुने बताए । उनका अनुसार शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - २२:४१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology