Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

क्व्होइँबो निर्माण सहयोगार्थ पोखरामा साँस्कृतिक कार्यक्रम गरिने

क्व्होइँबो निर्माण सहयोगार्थ पोखरामा साँस्कृतिक कार्यक्रम गरिने

images

इच्छाकामना न्युज

१७, माघ २०८१
क्व्होइँबो निर्माण सहयोगार्थ पोखरामा साँस्कृतिक कार्यक्रम गरिने
images

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा निर्माण भइरहेको युम्पो क्होइँबो निर्माणका लागि पोखरामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
माघ २६ गते शनिवारका दिनदेखि पोखरा भुजुङ युम्पो समाज र तमु प्ये ल्हु संघ भुजुङको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो ।
तमु प्ये ल्हु संघ भुजुङका अध्यक्ष एवम् भुजुङ युम्पो क्होइँबो निर्माण समितिका अध्यक्ष बृजबहादुर गुरुङका अनुसार ख्याती प्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । उहाँले साँस्कृतिक कार्यक्रमबाट उठेको रकम क्होइँबो निर्माणमा खर्च गरिने बताए ।
साँस्कृतिक कार्यक्रमहरु तमु प्ये ल्हु संघ केन्द्रीय कार्यालय पोखरा, पोखरा सिङदी समाज, पोखरा पसगाउँ, चरागाउँ, घाम्राङ समाज, पोखरा घनपोखरा समाज, पोखरा भुजुङ समाजलगायतमा आयोजना गरिने तमु प्ये ल्हु संघ भुजुङका सचिव तुलबहादुर गुरुङले बताए ।


भुजुङ गाउँमाथि नौजु डाँडाको करिब १० आना जग्गामा अहिले युम्पो क्होइँबो निर्माणकार्य भइरहेको छ । युम्पो क्होइँबो निर्माण समितिले ४ आना २ पैसा जग्गा खरिद गरेको र बाँकी जग्गा अमरजंग गुरुङ, टेकनसिंह गुरुङ र विन्दरी गुरुङले दान गरेका हुन् ।
चालु आर्थिक वर्षमा निर्माण सक्ने गरी शुरुवात गरिएको क्होइँबो निर्माणका लागि ५० लाख रुपैयाँ बजेट लाग्ने प्रक्षेपण गरिएको छ । यसका लागि विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा चन्दा संकलन अभियान सञ्चालन गरिएको छ ।

images
प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - १७:५९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology