Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बस दुर्घटनामा एकको मृत्यु, १३ घाइते

बस दुर्घटनामा एकको मृत्यु, १३ घाइते

images

इच्छाकामना न्युज

१८, माघ २०८१
बस दुर्घटनामा एकको मृत्यु, १३ घाइते
images

तनहुँ, माघ १८ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

दमौलीबाट आँबुखैरेनी जाँदै गरेको ना ५ ख २९९९ नम्बरको यात्रु बस आफै अनियन्त्रिक भई कल्भटमा ठोकिएर पल्टिँदा चितवन जिल्लाको भरतपुर महानगरपालिका नखुलेको श्रृष्टीचोक बस्ने वर्ष २२ की सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । गम्भिर घाइते सापकोटाको चितवन नारायणी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ५ः१० बजे मत्यु भएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

प्रनाउ थापाको अनुसार घाईते हुनेहरुमा कैलालीको जोशीपुर गाउँपालिका–२ बस्ने वर्ष २३ की लक्ष्मी बनादी, धनगढीको बसबरीया गाउँपालिका–५ बस्ने वर्ष २२ की अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने वर्ष १९ को किसान बिक, व्यास नगरपालिका–१२ बस्ने वर्ष १९ को सुनिल बिक, कास्कीको पोखरा महानगरपालिका– ८ बस्ने वर्ष २२ की आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ५१ को सुनिल ढकाल हुनुहुन्छ ।

यस्तै, अन्य घाइते हुनेहरुमा लमजुङको वेशीशहर नगरपालिका–३ दिपुर बस्ने वर्ष ४१ को कृष्णबहादुर पाण्डे, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ४२ को राम शरण कुँवर, शहिद लखनथापा गाउँपालिका–२ घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ५९ को उज्वल विक भानु नगरपालिका– १० बस्ने वर्ष ५० को खेमराज लौडारी, वर्ष १७ को प्रशान्त लौडारी हुनुहुन्छ।

उहाँहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहको छ । तनहुँको आबुखैरेनी गाउँपालिका-३ बिच बजार बस्ने वर्ष ४२ की दमन्तीमाया नेपाल र व्यास नगरपालिकाको वडा नखुलेको वर्ष १३ की आस्था काफ्लेको चितवन नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।  

चालक तनहुँको भानु नगरपालिका–५ बस्ने वर्ष ३५ को रविन्द्र घले प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:२८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology