Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

उदीपुर-रिठ्ठेबगर-नौथर सडक अलपत्र

उदीपुर-रिठ्ठेबगर-नौथर सडक अलपत्र

images

इच्छाकामना न्युज

१८, माघ २०८१
उदीपुर-रिठ्ठेबगर-नौथर सडक अलपत्र
images

लमजुङ, माघ १८ गते । दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । 

गण्डकी प्रदेश सरकारबाट पालिका केन्द्र जोड्ने योजना अन्तर्गत विनियोजित बजेटमा निर्माण थालिएको सो सडक दुई वर्षमा सक्नुपर्ने थियो । तर निर्माण सुरु भएको चार वर्ष बित्दा पनि अझै निर्माणकार्य सम्पन्न हुन सकेको छैन । सडक निर्माण सम्पन्न हुन नसक्दा नागरिकहरुले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।

पूर्वाधार कार्यालय लमजुङका अनुसार सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले गर्दै आएको छ । सो निर्माण कम्पनीसँग २०७९ असार २ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७७ असार ३ गते सम्झौता भएको थियो ।

७ दशमलव १२१ किलोमिटर कालोपत्रे गर्नका लागि २६ करोड २९ लाख ६ हजार २२५ रुपियाँमा ठेक्का लागेको थियो । हालसम्म ७० प्रतिशत मात्र का सम्पन्न भएको पूर्वाधार कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार पटकपटक गरेर तीन पटकसम्म म्याद थप गर्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

सम्झौताअनुसार २०७९ असार २ गतेभित्र कालोपत्रे गरीसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण कार्य सुरु गर्न ढिलाइ भएको भन्दै निर्माण कम्पनीले २०७९ पुस महिनासम्म म्याद थप गरेको थियो । सो समयभित्र पनि निर्माण कार्य सम्पन्न नभएपछि पुनः २०८० असार २९ गतेसम्मलाई म्याद थप गरियो । त्यो समयमा पनि निर्माण सम्पन्न नभएपछि २०८१ मङ्सिर २८ गतेसम्मलाई म्याद थप गरिएको थियो । त्यसयता हालसम्म पनि म्याद थप हुन नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

पूर्वाधार कार्यालयका अनुसार बेंसीशहर नगरपालिका १ उदीपुरदेखि दोर्दी गाउँपालिका ४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रेको योजना छ । सडकको दुई ठाउँमा गरी १ हजार ११३ घनमिटर सडक ढलान गरिनेछ । 

गााउँपालिका केन्द्र जोड्ने मुख्य सडकको निर्माणकार्य ढिलाइ हुँदा पालिकावासीलाई समस्या भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सडक निर्माण छिटो सक्न आफूले पटक पटक ताकेता गरे पनि निर्माण कार्यले गति लिन नसकेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले नालाको काम सकेर सडकमा सबबेस हाल्ने काम गरिरकेको छ । निरन्तर काम भएमा तीन महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्न सकिने भए पनि नियम संशोधन नहुँदासम्म म्याद थप गर्न नसकिने सूचना अधिकारी जोशीले बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:३०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology