Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा करेन्ट लागेर वृद्धाको मृत्यु

गोरखामा करेन्ट लागेर वृद्धाको मृत्यु

images

इच्छाकामना न्युज

१८, माघ २०८१
गोरखामा करेन्ट लागेर वृद्धाको मृत्यु
images

गोरखा, माघ १८ गते । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार दिउँसो २ बजे घरबाट निस्केका सार्कीले हलो बनाउनका लागि रुख काट्न जानुभएको थियो । अबेरसम्म पनि घर नफर्किनुभएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान ७ बजे सार्की मृत अवस्थामा फेला पर्नुभएको हो ।

उहाँले काट्नुभएको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छुँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनास्थल गई घटनाबारे थप अनुन्धान गरिराखेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:३३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology