Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पालुङटार नगरपालिका प्रथम

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पालुङटार नगरपालिका प्रथम

images

इच्छाकामना न्युज

१९, माघ २०८१
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पालुङटार नगरपालिका प्रथम
images

गोरखा, माघ १९ गते । गोरखामा रहेका ११ वटा स्थानिय तहहरु मध्ये पालुङटार नगरपालिक सबै भन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा प्रथम भएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा पालुङटार नगरपालिकाले ९५.९७ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो ।

पालुङटार नगरपालिकाले शासकिय प्रबन्धमा १००, सङ्गठन तथा प्रशासन १००,  वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९५.४५ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९७.७३, सेवा प्रवाहमा ९६.८८, न्यायिक कार्यसम्पदानमा १००, भौतिक पूर्वाधारमा ८८.४६, सामाजिक समावेशीकरणमा ९०, वातावरण सरक्षण तथा विपद् व्यवस्थापनमा ९४.४४ सहकार्य तथा समन्वयमा १०० अङ्क ल्याएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिकाले ९५ प्रनितशत, धार्चे गाउँपालिकाले ९४.७५ प्रतिशत, भिमसेन थापा गाउँपालिका ९३ प्रतिशत, गण्डकी गाउँपालिकाले ९१.५ प्रतिशत, शहीद लखन गाउँपालिकाले ८९.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

त्यस्तै, चुमनुब्री गाउँपालिका र सिरानचोक गाउँपालिकाले समान ८७.२५ प्रतिशत, आरुघाट गाउँपालिकाले ८४.५ प्रतिशत र सबैभन्दा कम अङ्क ल्याउनेमा गोरखाको गोरखा नगरपालिकाले ७०.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा १० वटा सूचकमा विषय एवम् क्षेत्र र विभिन्न उपक्षेत्रलाई १०० पूर्णाङ्क दिएर पालिकाहरूले आफुले गरेका कामका आधारमा आफैँ मूल्याङ्कन गरेका हुन् ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ ।

स्थानीय तहको सवल दुर्वल पक्षहरूको विशेलषण गर्ने प्रायोजनका लागि स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्याविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यापालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाईट र सूचना पाटी मार्फत सार्वजानिक गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

पालुङटार नगरपालिका जिल्लाको उत्कृष्ट हुनुमा कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले निति, कार्यक्रम र आवश्याक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पदान गरी अभिलेखीकरण गर्ने सकेमा उत्कृष्ट नतिजा ल्याउने सकिने पालुङटार नगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत कमानसिंङ थापा मगरले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - १२:३४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology