चितवन, माघ १९ । चितवन माडी नगरपालिका–२ धुर्वमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो २ः४५ बजेको समयमा माडी–१ बस्ने ६० वर्षीय भुतही महतोलाई अमलियास्थित जंगलमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो ।
थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको उपचारको क्रममा शुक्रवार राति १०ः१४ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।