Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रेस चौतारी तनहुँ पत्रकारिता पुरस्कार श्रेष्ठलाई

प्रेस चौतारी तनहुँ पत्रकारिता पुरस्कार श्रेष्ठलाई

images

इच्छाकामना न्युज

२३, माघ २०८१
प्रेस चौतारी तनहुँ पत्रकारिता पुरस्कार श्रेष्ठलाई
images

तनहुँ, माघ २३ गते । प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ प्रेस चौतारी नेपाल तनहुँ शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।

शाखाको मङ्गलबार दमौलीमा आयोजित दशौं जिल्ला अधिवेशनका अवसरमा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेकपा (एमाले) का केन्द्रीय सदस्य केदार सिग्देल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले संयुक्त रुपमा उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशी दश हजार रुपियाँ छ ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट एक लाख रुपियाँको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, वसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसक्नुभएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - २२:०२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology