Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँका विभिन्न ठाउँमा ५ दिन आँखा शिविर, ८६४ जना लाभान्वित,

तनहुँका विभिन्न ठाउँमा ५ दिन आँखा शिविर, ८६४ जना लाभान्वित,

images

इच्छाकामना न्युज

२६, माघ २०८१
तनहुँका विभिन्न ठाउँमा ५ दिन आँखा शिविर, ८६४ जना लाभान्वित,
images

तनहुँ, माघ २६। चितवनका विभिन्न सामाजिक संस्थाले तनहुँका विभिन्न ठाउँमा ५ दिन निःशुल्क आँखा शिविर संचालन गरेको छ ।

नारायणगढ लायन्स क्लव, नेपाल नेत्रज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल, भानु नगरपालिका तनहुँ र आँखा उपचार केन्द्र नारेश्वरटार तनहुँको संयुक्त आयोजनामा माघ २२ गतेदेखि २५ गतेसम्म विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर गरिएको हो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र, आँखा उपचार केन्द्र, भानु नगरपालिका र नारेश्वरटारमा गरिएको शिविरमा ८६४ जनाले आँखा जाँच गराएको कार्यक्रम संयोजक नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष लायन शान्त कुमार पियाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा जाँच गराएका मध्ये १६२ जनालाई आँखा शल्यक्रियाको लागि सुझाव दिईएको र १२८ जनाको शल्यक्रिया नै गरिएको छ ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी र नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन राजु पियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १९:३८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology