Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त

भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त

images

इच्छाकामना न्युज

२६, माघ २०८१
भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त
images

मनाङ, माघ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गर्नुभएको छ ।

मन्त्री अधिकारीले मनाङ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा राजन गुरुङ (विज्ञ), छिरिङ ओङमा गुरुङ (घले) महिला सदस्य र छिरिङ लोप्साङ गुरुङलाई सदस्यमा नियुक्त गर्नुभएको छ ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित तीन जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरूपमा समाधान गर्न यसअघि नै मनाङ जिल्ला भूमि समस्या समाधान आयोगको जिल्ला समिति अध्यक्षमा साङदो लामा चयन गरिसकेको छ ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १९:५०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology