Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पूर्वजको वीरगाथाको स्मरण र सम्मान गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड 

पूर्वजको वीरगाथाको स्मरण र सम्मान गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड 

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
पूर्वजको वीरगाथाको स्मरण र सम्मान गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड 
images

काठमाण्डौ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वजका भावनालाई मनमा राखेर राष्ट्र निर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । 
हाम्रा दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उहाँले अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन नसकिने बताउनुभयो । मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । समाज परिवर्तनका लागि पछौटेपन विरुद्ध ज्योति र अग्रगामी चेतनाका संवाहक भएर अघि बढ्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक मर्यादा, इमान्दारी, नैतिकता, मानवीयता, राष्ट्रियता प्रतिको इमान नै सबैभन्दा महत्तवपूर्ण रहेको बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १७:५४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology