Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

रासस

२७, माघ २०८१
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
images

देवघाट (तनहुँ), माघ २७ । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ ।

images
images
विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताउनुभयो । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।”
देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् ।

देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रुपमा सो पुल प्रयोग गर्दै आएका छन् । पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताउनुभयो । यहाँ पक्की पुलकै आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको स्रोत साधनले सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ ।” रासस

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १३:४९:४६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology