Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्याङ्जामा ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु

स्याङ्जामा ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

२८, माघ २०८१
स्याङ्जामा ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु
images

स्याङ्जा, माघ २८। स्याङ्जामा ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका–९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ जाँदै गरेको ग१ख ९४७२ नम्बरको ट्रकलाई लु६९प ८०७६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको थियो।

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकको बीचमा पसेको प्रहरीले जनाएको थियो। मृतक गुरुङ मोटरसाइकलको पछाडि सवार थिए।

ट्रक चालक पर्वत कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकर लामिछाने र मोटरसाइकल चालक वालिङ नगरपालिका–८ का १७ वर्षीय हेमन्त राना प्रहरीको नियन्त्रणमा छन्।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०८:३७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology