Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कुमारी सहकारीमा १ अर्ब ४९ करोड हिनामिना

कुमारी सहकारीमा १ अर्ब ४९ करोड हिनामिना

images

इच्छाकामना न्युज

२८, माघ २०८१
कुमारी सहकारीमा १ अर्ब ४९ करोड हिनामिना
images

पोखरा । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रकम हिनामिना गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका म्याग्दी एमाले नेता राजकुमार थापालाई जिल्ला अदालत म्याग्दीले सोमबार फेरि एक साता थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।

जिल्ला अदालतका स्रेस्तेदार भोलाराज रेग्मीका अनुसार सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरी हिरासतमा राखेर थापासहित ५ जनामाथि अनुसन्धान भइरहेको छ । जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासले सोमबार थापासहितका ५ जनालाई तेस्रो पटक ७ दिन म्याद थप गरेर अनुसन्धान गर्न आदेश गरेको हो । उनैले यसअघि ३ र ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेका थिए ।

सोमबार तेस्रो पटक थप ७ दिनको म्याद दिइएको हो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहेका एमाले नेता थापाको मुख्य योजनामा कुमारी सहकारीका बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ । थापाले सहकारीमा रहेको सर्वसाधारणको बचत आफूखुसी झिकेर निजी स्कुल , घरजग्गा कारोबार , जग्गा प्लटिङमा लगानी गरेको छानबिन प्रतिवेदनमा औँल्याइएको छ ।

सहकारीमा अनियमितता गरेको ठहर भएको एक वर्षपछि उनी पक्राउ परेका हुन् । राजनैतिक पहुँचका आधारमा उनले उन्मुक्ति पाउँदै आएका थिए ।

उनीसँगै सहकारी ठगीमा मुछिएका तत्कालीन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पूर्वअध्यक्षहरू मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, सञ्चालक देवीकुमारी थापा प्रहरी हिरासतमा छन् ।

थापाको मुख्य योजनामा उनीहरूले समेत सहकारीको एक अर्ब ४९ करोड हिनामिना गरेर सर्वसाधारणलाई रुवावासी गराएका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको पत्रका आधारमा प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो । ४३ सय ८६ जना बचतकर्ता रहेको यो सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य रहेका छन् । रकम हिनामिनामा संलग्न भएकाहरूले बहुमत सेयर आफ्नो र परिवारको नाममा राखेर सर्वसाधारण बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २०:२०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology