Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्थानीयको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ

स्थानीयको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ

images

इच्छाकामना न्युज

२८, माघ २०८१
स्थानीयको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ
images

मेलिना बराम ।
गोरखा । स्थानीयबासीको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले सञ्चालन गर्न लागेको बसपार्क सडक बिस्तार तथा फुटपाथ स्तरोन्नतिको काम स्थानीयको असहयोगका कारण अघि बढ्न नसकेको बताइएको छ ।

सो योजना अघि बढाउन स्थानीय घरधनीले आफ्नो आँगनमुनि रहेको सेफ्टीट्याङ्की हटाउनु पर्नेमा नहटाउँदा काम अघि बढाउन नसकिएको वडा नं ६ का अध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिए । सो सेफ्टीट्याङ्की हटाउन वडा कार्यालयले प्रथम पटक गरेको सूचनालाई घरवालाले अटेरी गरेका उनले बताए ।

‘हामीले एक डेढ महिना अघि पनि सेफटी ट्याङ्की हटाउनका लागि सूचना जारी गरेका थियौं । त्यतिबेला एक जनाले मात्रै हटाउनु भयो । अरु सबैले अटेरी गरिरहनु भयो,’ उनले भने, ‘फेरि अहिले दोस्रोपटक सूचना जारी गरेका छौं । दुुई तीन जनाले हटाउँछु त भन्नु भएको छ । अब अरुले पनि सुरु गर्नु हुन्छ कि ?’ आफै बस्ने नगरको विकासमा बाधा नपार्न उनले बसपार्क टोलबासीहरुलाई अनुरोध गरेका छन् ।

यसअघि बसपार्क क्षेत्रमा सडक चौडा बढाउने, फुटपाथ स्तरोन्नति गर्ने र व्यवस्थित नाला निर्माण गर्न बसपार्क टोल बिकास संस्था, वडा कार्यालय र नगरपालिकाको समन्वयात्मक बैठकबाट सहमति भइसकेको वडाध्यक्ष जोशीले बताए । समझदारी भए पनि व्यवहारमा नउतारिएको उनको भनाइ छ ।

पहिलो पटक त्रिपक्षीय सहमतीअनुसार दस दिनभित्रमा सेफ्टी ट्याङकी हटाउन अनुरोध गरिएको थियो । ‘सेफ्टी ट्याङकी हटाएर घर भित्र बनाउने कुरामा स्थानीयस्तरमा सहमति जुटाउन टोल बिकास संस्थाले गरेको सहमति हामीसँग सुरक्षित छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिले काम सुरु गर्ने बेलामा कसैले पनि सेफ्टी ट्याङकी नहटाउदाँ काम अघि बढ्न सकेको छैन ।’ करिब २० घरधुरीले सेफ््टीट्याङ्की हटाउनु पर्ने अबस्था रहेको उनको भनाइ छ ।

बसपार्क क्षेत्रमा रहेका कतिपय घरले भने घर बनाउँदा सेफ्टी ट्याङ्कीको अन्यत्रै व्यवस्थापन गरेका छन् । कतिपयले भने सेफ्टीट्याङ्कीको निकास नालीमा जोडेर बेलाबेला प्रदुषित गर्ने गरेका छन् । ‘बसपाक क्षेत्रमा पर्ने सबैको घरको सेफ्टी ट्याङकी आँगनमा छैन’, उनले भने, ‘भएकाहरुलाई व्यवस्थापन गर्न अनुरोध गरिएको हो । निर्णय गर्दा कार्यान्वय गर्छौ भनेर सहमति भएको हो । खै अहिले किन आनाकानी गरिराख्नु भएको हो ।’ सडकको दुबै तर्फ सडक ८/८ मिटर फराकिलो बनाउन लागिएको हो ।

बसपार्कदेखि शक्तिचोक खोल्सीको रेखाङकन भएको करिब तीनसय मिटर सडक स्तरउन्नति गर्न लागिएको हो । सदरमुकामको केन्द्र बसपार्क क्षेत्रमा सवारी धेरै चल्छ । त्यसपछि हरमटारीचोक आसपास सडकमा सवारी साधनको चाप धेरै हुने गर्छ । ‘बसपार्क क्षेत्रलाई व्यवस्थित सहर जस्तो देखाउनका लागि पनि सडक फराकिलो बनाउन लागिएको हो । रोड साँगुरो हुने त्यहीँ माथि नाला, नालामा पनि दुर्गन्ध हुने,’ उनी भन्छन्, ‘सडक राम्रो बनेपछि बसपार्क क्षेत्र राम्रो, वातावरण पनि स्वच्छ हुन्छ । विकास होस् भनेर नै हामीले यस्को लागि पहल गरिरहेका हौ तर स्थानीयको साथ अपेक्षा गरेजस्तो पाइएन ।’

सो योजनाका लागि गोरखा सडक योजनाको एक करोड ७१ लाख र गोरखा नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गोरखा सडक योजनातर्फ वार्ककेल लकन कन्स्ट्रक्सन प्रालिको ठेक्का रहेको छ । गोरखा नगरपालिकाको भने अहिलेसम्म विन्ध्यावासिनी विल्डर्स प्रालिको मात्रै ठेक्का आवेदन परेको उनले बताए । उनैले सो ठेक्का पाउने सम्भाव्यता रहेको जनाएको छ ।

गोरखा सडक तर्फको ठेकेदारले एक हप्ताभित्रमा नै काम सुरु गर्न आउने जानकारी आएको उनले बताए । त्यकारण पनि छिटो घर बाहिरको सेफ्टी ट्याङकी व्यवस्थापन गरिदिन अनुरोध गरिएको उनले बताए । बसपार्क टोल बिकास सँस्थाका अध्यक्ष काजी मियाँले भने सेफ्टी ट्याङकी हटाउने कामको सुरुवात गरिएको बताए ।

‘यस अघि सूचना निकाल्दा हामीलाई पनि मेसो भएन,’ उनले भने, अब दोस्रोपटक निकालेको सूचना सबै स्थानीयको हात हातमा परिसकेको छ । उहाँहरुले यसको लागि सहयोग गर्नु हुन्छ भन्ने विश्वस छ ।’ केही स्थानीयहरुको भने सेफ्टीट्याङ्की पूर्ववत कायम गर्न पाए हुन्थ्यो भन्ने माग रहेको उनले बताए । यसका लागि टोलले नगरपालिकासम्म आग्रह पनि गरिएको थियो । अहिले त्यसो गर्न नमिल्ने भएपछि हटाउनु नै पर्ने भनेर वडाले सूचना जारी गरेको उनले बताए ।

‘केहीलाई पहिला भएकै ठाउँमा व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्ने लागेको हो । यसको लागि हामीले नगरपालिलाई पनि अनुरोध गरेका थियौं,’ उनले भने, ‘पुनर्विचार गर्न नमिल्ने नै भएपछि त हटाउँछौं नै । टोलका सबै स्थानीयबासी पनि अब हटाउनु हुनेछ ।’ आफ्नो टोलमा हुने विकासका लागि आफूहरु सँधै सकारात्मक रहेको उनको भनाइ छ । यसका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २०:४७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology