Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

 लमजुङको दुई वटा विद्यालयलाई सरस्वती मन्दिर उपहार

 लमजुङको दुई वटा विद्यालयलाई सरस्वती मन्दिर उपहार

images

इच्छाकामना न्युज

२९, माघ २०८१
 लमजुङको दुई वटा विद्यालयलाई सरस्वती मन्दिर उपहार
images

लमजुङ, माघ २९ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुई वटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ ।

वडाध्यक्ष श्रेष्ठले कान्ती मन्दिर माध्यमिक विद्यालय पुर्काङ र महेन्द्र मन्दिर माध्यमिक विद्यालय झुल डाँडामा सरस्वती मन्दिर निर्माण गरिदिनु भएको हो । श्रेष्ठले निजी लगानीमा निर्माण गरिदिएको मन्दिर विद्यालयहरुलाई हस्तान्तरण गर्नुभएको छ । मन्दिर हस्तान्तरण गर्दै श्रेष्ठले आफू दुवै विद्यालयको पूर्व विद्यार्थी, दुवै विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडा अध्यक्ष भएको नाताले विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिएको बताउनुभयो ।

श्रेष्ठले आफूले चालेको सरस्वती मन्दिर निर्माणको अभियानमा सहयोग र साथ दिने विद्यालय, व्यवस्थापन समिति र अभिभावक सङ्घलाई धन्यवाद दिनुभयो । करिब पाँच/पाँच लाख लागतमा मन्दिर निर्माण भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १०:२५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology