Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाका ६७ वर्षीय एक पुरुष मंगलबारदेखि सम्पर्कविहीन

गोरखाका ६७ वर्षीय एक पुरुष मंगलबारदेखि सम्पर्कविहीन

images

इच्छाकामना न्युज

२९, माघ २०८१
गोरखाका ६७ वर्षीय एक पुरुष मंगलबारदेखि सम्पर्कविहीन
images

२९ माघ, गोरखा । गोरखाका एक पुरुष मंगलबारदेखि काठमाडौंबाट सम्पर्कविहीन भएका छन् । गोरखाका ६७ वर्षी शंकरप्रसाद अर्याल मंगलबारदेखि काठमाडौं वनस्थलीबाट हराइरहेको उनको परिवारले जनाएको छ ।

वनस्थली खरिबोटस्थित निवासबाट मंगलबार बिहान मन्दिर दर्शन गर्न भन्दै निस्किएका शंकरप्रसाद घर नफर्किएको छोरा दिनेश अर्यालले बताए । अर्यालले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर हिँडेका थिए । ५ फिट ३ इन्च अग्ला अर्याल कालो ज्याकेट, पाइन्ट र स्पोट्स जुत्ता लगाएको छोरा दिनेशले बताए ।

‘आमालाई मन्दिर जान्छु भनेर घरबाट निस्कनु भएको रहेछ’, दिनेशले भने ‘हामीले आफन्त र जानसक्ने सम्भावित ठाउँहरुमा उहाँको खोजी गरिसक्यौं तर कतै पनि फेला पर्नु भएको छैन ।’ परिवारले यसबारे प्रहरीलाई पनि जानकारी गराइएको र भेटेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १०:३२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology