Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धार्मिक आवरणमा विजय कृष्णमूर्तिको शृङ्खलाबद्ध ठगी

धार्मिक आवरणमा विजय कृष्णमूर्तिको शृङ्खलाबद्ध ठगी

images

इच्छाकामना न्युज

२९, माघ २०८१
धार्मिक आवरणमा विजय कृष्णमूर्तिको शृङ्खलाबद्ध ठगी
images

२९ माघ, काठमाडौं । आगामी वैशाखदेखि पोखरामा कोटीहोम गर्ने भनेका बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी फेरि विवादमा तानिएका छन् ।

शृङ्खलाबद्ध ठगीका आरोपमा मुछिएका मिलापत्रमा मुद्दा टुंग्याएका भण्डारीले महायज्ञका लागि भन्दै पोखराका सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखबिरुवाका हाँगाबिँगा काटेपछि विवादमा तानिएका हुन् ।

चौतर्फी प्रश्न उठेपछि पोखरा महानगरपालिकाले फेवाताल किनारमा कोटीहोम गर्न नदिने घोषणा गरेको छ भने विजय कृष्णमूर्तिले जसरी पनि महायज्ञ सञ्चालन गर्ने ढिपी गरेका छन् ।

१३/१४ वर्षदेखि धर्मको आवरणमा सर्वसाधारणलाई ठग्दै आएका विजय भण्डारीले झण्डै एक दशकदेखि ठगी मुद्दा झेलिरहेका थिए । गत कात्तिकमा पीडितहरूको रकम फिर्ता गरेर मिलापत्रमार्फत मुद्दा टुंग्याएपछि पनि उनको ठगीको शृङ्खला रोकिएको छैन । बरु, एकपछि अर्को उट्पटाङ र कानुनविपरीतका काम गर्दै आएका छन् ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:३४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology