Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भूमि समस्या समाधान आयोग तनहुँको सदस्यमा तिन जना नियुक्त

भूमि समस्या समाधान आयोग तनहुँको सदस्यमा तिन जना नियुक्त

images

इच्छाकामना न्युज

२९, माघ २०८१
भूमि समस्या समाधान आयोग तनहुँको सदस्यमा तिन जना नियुक्त
images

तनहुँ, माघ २९ - भूमि समस्या समाधान आयोग तनहुँको सदस्यमा तिन जना नियुक्त भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलबार आयोगको तनहुँ जिल्ला समितिमा तिन जनालाई नियुक्त गरेका छन् ।

तनहुँको जिल्ला सदस्यमा विज्ञ सदस्यमा श्रीराम कार्की, महिला सदस्यमा आशा थापा र सदस्यमा रामचन्द्र उपाध्याय नियुक्त भएका छन् । कार्की यस अघि पनि आयोगको विज्ञ सदस्य थिए । थापा भानु नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन् । कार्की र उपाध्याय नेकपा एमाले र थापा नेपाली काँग्रेस निकट हुन् । आयोगको अध्यक्षमा यस अघि नेपाली काँग्रेस निकट गोविन्द सिलवाल नियुक्त भईसकेका छन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एकजना अध्यक्ष, विज्ञ र महिलासहित तीनजना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले मंगलबार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् । यो नियुक्तीसँगै आयोगको तनहुँ जिल्ला समितिले पुर्णता पाएको छ । भूमि समस्याको दिगो समाधानका लागि आयोगले द्रुतगतिमा काम गर्ने अपेक्षा गरेको मन्त्री अधिकारीले बताएका छन् ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:४६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology