Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट १६ बङ्गुर मरे

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट १६ बङ्गुर मरे

images

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट १६ बङ्गुर मरे
images

तनहुँ । तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट बङ्गुर मर्न थालेका छन् । जिल्लामा १६ वटा बङ्गुर मरिसकेको र २१ बिरामी परेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. राजेश चौधरीले बताउनुभयो । 

हालै सो सङ्ख्याको बङ्गुर मरेको र भिमाद नगरपालिका त्यस रोगबाट सबैभन्दा बढी प्रभावित भएको उहाँले जानकारी दिनुभयो । भिमादमा १४ बङ्गुर, शुक्लागण्डकी नगरपालिकामा दुई गरी १६ बङ्गुर मरिसकेका छन् । जिल्लाका दस पालिकामध्ये तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण फैलिएको छ । 

डा. चौधरीका अनुसार तनहुँका भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिका गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट प्रभावित भइसकेको छ । सो सङ्क्रमणले गर्दा बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । 

भिमाद नगरपालिका –६ का भूमिमाया आलेले चार वटा बङ्गुर एकैचोटी मरेको बताउनुभयो । आलेले भन्नुभयो, “दुःख गरी पालेको बङ्गुर मरे अब परिवार कसरी पाल्ने भन्ने चिन्ता परेको छ ।’ महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई केन्द्रले आग्रह गरेको छ ।

बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ । पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा. चौधरीले बताउनुभयो । 

उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन भनिएको छ । सो रोगले बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखा पर्नेजस्ता लक्षण देखा पर्छ । प्रयोगशालामा नमूना परीक्षण गर्नेक्रममा बङगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको चौधरीले बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ०९:१५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology