लमजुङ । लमजुङका ८ स्थानीय तहमध्ये बेसीशहर नगरपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा अन्य ७ वटा स्थानीय तहलाई उछिनेको हो ।
बेसीशहर नगरपालिकाले ७४ दशमलव ७ प्रतिशत अंक प्राप्त गरी लमजुङमा पहिलो स्थान हासिल गरेको हो । यस्तै ७२ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्दै मर्स्याङ्दी गाउँपालिका दोस्रो र ६९ दशमवल १ अंकका साथ सुन्दरबजार नगरपालिका तेस्रो स्थानमा छ ।
चौथोमा रहेको राइनास नगरपालिकाको ६८ दशमलव १, मध्यनेपाल नगरपालिकाको ६४ दशमलव ७, क्व्होलासोथार गाउँपालिकाको ५८, दोर्दी गाउँपालिकाले ५४ दशमलव १ र दूधपोखरी गाउँपालिकाको ५१ दशमलव ९ प्रतिशत अंक छ ।