Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

गोरखामा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८१
गोरखामा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान
images

गोरखा, फागुन २ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । गोरखा नगरपालिका–६ पाटेचौर निवासी ज्येष्ठ नागरिक तथा अशक्त ८२ वर्षिय लीलामायाँ श्रेष्ठ हिँडडुल गर्न नसक्ने अवस्थामा भएकाले जिल्ला प्रशासन कार्यालय र वडा कार्यलायको टोली घरमै गएर नागरिकता प्रदान गरिएको गोरखाको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

"वडाले पहिलो पटक अशक्त नागरिकलाई घरमा पुगेर नागरिकता उपलब्ध गराउने काममा लागेको छ",  वडा अध्यक्ष दिलीप जोशीले भन्नुभयो, “वडाभित्र रहेका अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडा कार्यालयबाट निर्णय गरी घरमै पुगेर वडाबाट सेवा दिइने भएको छ ।” 

वडा कार्यालयको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय गोरखालाई अपाङ्ग र अशक्तको लागि तथा ज्येष्ठ नागकिरहरुलाई लाइन बसेर झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै नागरिकता लगाएत जिल्ला प्रशासन कार्यालयबाट हुने कामहरुलाई घरमै पुगेर वितरण गर्न जिल्ला प्रशासन कार्यालय गोरखालाई आग्रह भएबमोजिम नागरिकता प्रदान भएको वडा अध्यक्ष जोशीले बताउनुभयो । 

जनताको मतबाट आफू जनप्रतिनिधि भएकाले पनि जनताले पाउनुपर्ने सेवामा आफू र वडा कार्यालय वडावासीको सहयोगमा सधैं साथमा रहेको वडा अध्यक्ष जोशीको भनाइ छ ।

गोरखा जिल्लामा भएका ११ वटा स्थानीय तहहरुमा वडा र पालिकाहरुको आग्रहमा जिल्ला प्रशासन कार्यालयको टोलीले समय मिलाएर सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासिकय अधिकृत चूडानिधि तिवारीले बताउनुभयो । 

शुक्रबार नागरिकता प्राप्त गरेपछि ८२ वर्षीया लीलामायाँ श्रेष्ठलाई ओछ्यानबाटबाट कतै पनि लान नमिल्ने सासू आमालाई वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता बनाइदिएपछि सामान्य मान्छेको साथमा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेको महसुस गर्नुभएको बुहारी विमला श्रेष्ठको भनाइ छ । 

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १६:५३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology