Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखामा ‘नरा पर्व’ धुमधामका साथ मनाइयो

गोरखामा ‘नरा पर्व’ धुमधामका साथ मनाइयो

इच्छाकामना न्युज

३, फाल्गुण २०८१
गोरखामा ‘नरा पर्व’ धुमधामका साथ मनाइयो

गोरखा । पुस्तौंदेखि चल्दै आएको ‘नरा पर्व’ मनाउन काम विशेषले जिल्ला बाहिर रहेकाहरु गाउँ फर्किए । पशुवस्तुलाई घाँस पराल दिने बाहेकका अरु काम स्थानीयले थाती राखे । १० दिनसम्म गाउँले भेला भए । अनि धुमधामका साथ नरा पर्व मनाए । यो दृश्य हो, धार्चे गाउँपालिका–२ केरौजाको ।

images

माघ २३ गतेबाट सुरु भएको यो पर्व शुक्रबार सकिएको छ । पर्वको अवसरमा १० दिनसम्म पौराणीक कथामा आधारीत जोडी नाच, लामा नाच, नानीमैयाँ नाच, घोडा नाच, याक चोर्ने नाच भएको छ । स्थानीय सुक वहादुर गुरुङले केरौजाका पुस्तौ अघि देखि नरा पर्व मनाउने प्रचलनलाई निरन्तरता दिँदै यस बर्ष धुमधामका साथ मनाइएको बताए । ‘बाबु वाजेकै पाला देखि उ वेलाको परम्परा हो,’ उनले भने,‘यो पर्व मनाउादा खेती उब्जनी राम्रो हुन्छ, पशु वस्तु राम्रो हुन्छ भन्ने मान्यता छ, यो एक किसिमको प्रकृती पुजा हो ।’

बालीमा किरा फट्याङ्गा नलागोस्, खडेरी नहोस् भन्ने मान्यताका साथ पर्व मनाउने गरिन्छ । नरा पर्व केरौजाका गुरुङ समुदायको दुइ उपथर (तनिल्ह र ङरदिम)ले मनाउने गर्दछन् । पछिल्लो वर्ष भने सवै गाउँले भेला भएर सामुहिक रुपमा पर्व मनाउने गरेको सुकबहादुरले बताए । ‘लगातार तीन वर्ष सम्म यो पर्व मनाउने अनि तीन वर्ष रोकेर अर्को तिन वर्ष पछि फेरि लगातार मनाउने प्रचलन छ,’ उनले भने, ‘यो पर्व मनाउँदा माटोको काम नगर्ने, खनजोत निर्माणको काम गर्न नहुने परम्परा छ, वस्तुलाई घाँस पानी दिने वाहेक अरु काम हुँदैन, भएन, सवै गाउँले यहि पर्व मनाउन भेला हुन्छौं ।’

'Nara Parva' was celebrated with great fanfare.

 
यस पर्वको अवसरमा लेकाली सिर्जनशिल युवा क्लवले भलिवल प्रतियोगिता पनि आयोजना गरेको थियो । प्रतियोगितामा २१ टिमले सहभागीता जनाएका थिए । प्रतियोगिताको उपाधी धार्चे–२ रुन्चेतको जुनतारा सिर्जनशिल युवा क्लवले जितेको छ । जित सागै जुनताराले ७० हजार नगद पुरस्कार पाएको छ । दोस्रो बनेको धार्चे–२ केरौजाको लेकाली सिर्जनशिल युवा क्लव ‘ए’ ५० हजार र तेस्रो बनेको लेकाली सिर्जनशिल युवा क्लव‘बी’ ले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - ०८:३६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology